Breaking

Post Top Ad

Your Ad Spot

Saturday, 6 August 2016

नेविसंघ महामन्त्रीमा ज्ञवाली र सहमहामन्त्रीमा न्यौपानेको उम्मेद्वारी

नेविसंघ महामन्त्रीमा ज्ञवाली र सहमहामन्त्रीमा न्यौपानेको उम्मेद्वारी
साउन २२





काठमाडौं-भोलिदेखि शुरु हुने नेविसंघको महाधिवेशनमा राजेश ज्ञवालीले महामन्त्रीमा उम्मेद्वारी दिने भएका छन् । ज्ञवालीले आफुले काँग्रेस सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा उम्मेद्वारी दिन थालेको बताए । नौ बर्ष नेविसंघको कपिलबस्तु जिल्ला अध्यक्ष भएका ज्ञवाली ५ बर्ष केन्द्रीय सदस्य र चार बर्ष केन्द्रीय सहमहामन्त्री भएका थिए । उनले विभिन्न जिल्ला घुमेर आएपछि आफुले सवैतिरबाट समर्थन पाएपछि उम्मेदवारी दिएको बताए ।nebisang

त्यसैवीच नेपाल विद्यार्थी संघको ४ नम्बर प्रदेशबाट सहमहामन्त्रीको उम्मेदवारीमा विवेक न्यौपानेले घोषणा गरेका छन् । तनहुँको दमौली घर भएका न्यौपाने आदिकवी भानुभक्त क्याम्पसको इकाई कमिटी हुँदै सम्पर्क समिति तनहुँको अध्यक्ष समेत रही सकेका छन् । प्रतिनिधि विद्यार्थी साथीहरुले मलाई नै सहमहामन्त्रीमा विजयी गराउनु हुनेछ भन्नेमा म विश्वस्त छु । उनले भने ।
बौद्धिक, जुझारु र संगठन प्रति कर्मठ भएको हुनाले उनले आफू सहमहामन्त्री भएमा संगठनलाई चुस्त र दुरुत राख्दै विद्यार्थी साथिहरुको हकहितमा लागि रहने समेत बताए ।


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages