नवलपरासीका बाढीप्रभावित भन्छन् – राहत पाइएन,९०० घरपरिवार प्रभावित
२१ साउन | रासस
नवलपरासी – नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् ।
घरमा भएको खाद्यान्न, लत्ताकपडासहित अन्य महत्वपूर्ण सामग्री सबै पानीले बगायो तर राहतको नाममा केही किलो चामल र केही कपडाबाहेक केही पाउन सकिएन बाढी प्रभावितको गुनासो छ ।
nawalparasi badhi (2)दुई हप्ताअघि आएको बाढीका कारण जिल्लामा एक हजारभन्दा बढी घर प्रभावित बनेको जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्क छ । एक हजार ५०० भन्दा बढी बिगाहामा लगाएको धानबाली डुबानमा परेको छ भने ५०० बढी बिगाहामा लगाएको धानबाली नष्ट भएको अनुमान छ ।
अहिलेसम्मको विवरणअनुसार ९०० घरपरिवारले बाढीको क्षति बारे निवेदन दिएका छन् जसमा धानबाली र कटानको क्षति छन् । केही घर नष्ट भएको पनि निवेदनमा उल्लेख छ । आंशिक क्षति हुने घरको सङ्ख्या बढी छ । बाढीले सबैभन्दा बढी रामग्राम नगरपालिकामा क्षति पु¥याएको छ ।
त्यस्तै, सुनवल, हकुई, बञ्जरिया, दुम्किवास, नयाँबेलहानी, सनई, रामपुरखडौना, भुजहवा, रमपुरवा, नर्सही लगायत गाविसमा क्षति पुगेको थियो । जिल्ला दैवी प्रकोप समितिमा क्षतिपूर्ति र राहतका लागि निवेदनको चाङ छ तर सरकारी निकायबाट भने अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार प्रकोपमा परेर मृत्यु भएमा रु ४० हजार र पूर्णरुपमा घर क्षति भएकालाई रु पाँच हजारबाहेक अन्य राहत रकम उपलब्ध गराउने सरकारी प्रावधान छैन ।
राहतका लागि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरिएको र सोही अनुसार समितिको समन्वयमा प्रभावित स्थानमा राहत वितरण गरिएको प्रजिअ पन्थले बताउनुभयो ।अहिलेसम्म करिब ८०० बाढी प्रभावितलाई सामान्य मात्रामा राहत सामग्री वितरण गरिएको प्रजिअ पन्थले बताए ।
Post Top Ad
Your Ad Spot
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot
Author Details
Ut wisi enim ad minim veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat. Duis autem vel eum iriure dolor in hendrerit in vulputate velit esse molestie consequat.
No comments:
Post a Comment