नेपाल एयरलाइन्सको दुबई उडान भदौ २ गतेबाट, एक अर्ब आम्दानीको लक्ष्य
साउन २१
A320_Nepal_Airlines_01काठमाडौं – राष्ट्रिय ध्वजावाहक जहाज नेपाल एयरलाइन्सले अब संयुक्त अरव इमिरेट्स (युएई) को उडान भर्ने भएको छ । एयरलाइन्सले भदौ २ गतेबाट युएईको उडान भर्ने जनाएको हो ।
नेपाल वायुसेवा निगमका अनुसार भदौवाट काठमाडौं–दुबई सिधा उडान हुने छ । एकतर्फी १६ हजार भाडादरमा यो उडान हुनेछ । निगमले काठमाडौं–दुबई उडानमा बार्षिक ४० हजार यात्रु बोक्ने लक्ष्य राखेको छ भने त्यसबाट एक अर्ब रुपैयाँ आम्दानी हुने जनाएको छ । निगमले काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान भर्ने जनाएको छ ।
नेपाली कामदार कार्यरत रहेको दुबइर्मा निगमले उडान भर्ने र त्यसले त्यहाँ जाने कामदारलाई समेत सहजता मिल्ने जनाएको छ । अहिले बार्षिक ५० हजारको हाराहारिमा नेपाली रोजगारीका लागि युएई जाने गरेका छन् ।
Post Top Ad
Your Ad Spot
Friday, 5 August 2016
नेपाल एयरलाइन्सको दुबई उडान भदौ २ गतेबाट, एक अर्ब आम्दानीको लक्ष्य
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot
Author Details
Ut wisi enim ad minim veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat. Duis autem vel eum iriure dolor in hendrerit in vulputate velit esse molestie consequat.
No comments:
Post a Comment