Breaking

Post Top Ad

Your Ad Spot

Saturday, 6 August 2016

रियो ओलम्पिक औपचारिक उद्घाटन

रियो ओलम्पिक औपचारिक उद्घाटन


 काठमाडौं श्रावण २२, २०७३ ३१ औ संस्करणको ग्रीष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगीताको औपचारिक उद्घाटन गरिएको छ । ब्राजिलको रियो दी जेनेरियोस्थित ऐतिहासिक माराकाना स्टेडियममा आज विहान भब्य समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रसिद्ध ब्राजिलियन एथ्लेट भेन्डर्ली कार्डेईरो डे लिमाले ओलम्पिक द्धिप प्रज्वलन गरी प्रतियोगीताको औपचारिक उद्धघाटन गरेका थिए । यसअघि ब्राजिलका महान फुटबलर पेलेले प्रतियोगीताको उद्धघाटन गर्ने भनिएपनि अस्बस्थताका कारण उनी भने उद्घाटन समारोहमा उपस्थित भएनन् । २ सय मुलुकका ७५ हजार दर्शकका माझ आयोजित कार्यक्रमको सभापतित्व ब्राजिलका अन्तरिम राष्ट्रपति मिकेल टेम्परले गरेका थिए । बिभिन्न राष्ट्रका प्रमुखहरुको उपस्थित रहेको उद्घाटन समारोहमा ब्राजिलको संस्कृति झल्कने विभिन्न झाँकिहरु प्रर्दशन गरिएको थियो । ओलम्पिक खेल मराकाना सहित ब्राजिलका बिभिन्न ४ शहरमा हुनेछन् । यस बर्षको ओलम्पिकमा नेपाल सहित बिभिन्न २ सय ६ मुलुकका झण्डै ११ हजार खेलाडीले सहभागिता जनाउदै छन् । दक्षिण अमेरिकामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा २८ खेलका ३ सय ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यसैबीच यस सिजनको ओलम्पिकमा द्धन्दग्रस्त मुलुकबाट तेश्रो मुलुक स्थानान्तरण भएका शरणार्थीको समुहलाई पनि सहभागी गराईएको छ । शरणार्थीको समुहबाट १० खेलाडिले बिभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।     प्रकाशित:श्रावण २२, २०७३


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages